|

काठमाडौं : डोटीको प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन्। 

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराए। आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार चार मत ल्याइन्।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाए। 

पूर्वमन्त्री ५१ वर्षीय आले डोटीबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। आले २०७० र २०७४ मा नेकपा एमालेबाट विजयी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.