|

इलाम : पाँचथरका पत्रकार गिरिराज बाँस्कोटा नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’ प्रकाशन भएको छ। उनको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा शुक्रबार प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विमोचन गरे।

नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका प्रसंग पुस्तकमा समेटिएको छ।मोटरसाइकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजंघा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० सन्दर्भ पुस्तकमा छन्।

पत्रकार बाँस्कोटाले १० वर्षयताका यात्रालाई पुस्तकमा समेटेको बताएका छन्। हरेक ठाँउको यात्राका तस्विर समेत पुस्तकमा समावेश छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.