|

सुर्खेत : हिमाली जिल्ला हुम्लामा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। 

लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको हो। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। 

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपातले कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशमा हुम्लाका किसान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.