|

भालुवाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने बताइन्।

पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने दाबी गरिन्।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारीमा लागेको खुलासा गरिन्। सञ्चार क्षेत्रमा केही जटिल विषय रहेको र ती विषयमा अध्ययन गरेर सुधार गरिने बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर रहेकाले गृहमन्त्री स्वतन्त्र पार्टीलाई दिनुपर्ने बाध्यता नरहेको मन्त्री शर्माको भनाइ छ।

अहिलेको सरकारले देश र जनताको काम गर्नुपर्ने भएकोले सबै मन्त्रीको पूर्ण रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको बताइन्। कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष वसन्त गिरिले विज्ञापन बोर्डले मोफसलका सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने माग गरे।

अध्यक्ष गिरिले प्रदेशमा रहेका सञ्चार क्षेत्र र पत्रकारको बारेमा जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.