|

दैलेख : जिल्लाको भैरवी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कमजोर देखिएको छ। जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको सुशासन जोखिम मूल्यांकन विवरण अनुसार भैरवी गाउँपालिकाले सुशासन जोखिम मूल्यांकनमा ४९ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहभन्दा कमजोर देखिएको हो।

भैरवी गाउँपालिका स्थानीय तह संस्थागत मूल्यांकनमा समेत कमजोर देखिएको छ। भैरवीले संस्थागत मूल्यांकनमा समेत ३७ अंक प्राप्त गर्दै अन्य स्थानीय तह भन्दा कमजोर देखिएको हो। दैलेखमा रहेका ११ वटा स्थानीय तह मध्ये भगवतीमाई गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा पहिलो भएको छ।

सार्वजनिक विवरणअनुसार वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाईले सबै भन्दा बढी ९६.५ अंक ल्याएर भगवतिमाई पहिलो भएको हो। आर्थिक वर्ष २०७८/०७९ को स्थानीय तह संस्थागत मूल्यांकनमा भने नारायण नगरपालिका ८८.५ अंक ल्याएर पहिलो भएको छ। वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९६.५ अंक ल्याएको भगवतीमाई संस्थागत मूल्यांकनमा ७६ अंक ल्याएको छ। संस्थागत मूल्यांकनमा पहिलो भएको नारायणले सुशासन जोखिम ७८.५ ल्याएको छ।

यहाँको दुल्लू नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ७९ अंक प्राप्त गरेको छ भने वित्तीय सुशासन जोखिम मूल्यांकनमा ७१ अंक प्राप्त गरेको छ। चामुण्डाविन्द्रसैनी नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ६५.५ अंक प्राप्त गरेको छ। वित्तीय सुशासनमा मूल्यांकनमा चामुण्डाले ६१.५ अंक प्राप्त गरेको छ।

आठविस नगरपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ६०.७५ अंक प्राप्त गरेको छ भने वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५१ अंक प्राप्त गरेको छ। ठाँटीकाँध गाउँपालिका स्थानीय तह संस्थागत मूल्यांकनमा ५२.५ र सुशासन जोखिम मूल्यांकनमा ५०.५ अंक प्राप्त गरेको छ।

महावु गाउँपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ७३.५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८८.५ अंक प्राप्त गरेको समन्वय समिति दैलेखले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। नौमूले गाउँपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ६८.७५ अंक प्राप्त गरेको छ। वित्तीय सुशासन जोखिम मूल्यांकनमा नौमूलेले ६७ अंक प्राप्त गरेको छ।

डुङ्गेश्वर गाउँपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ७७.७५ अंक पाएको छ भने सुशासन जोखिम मूल्यांकनमा ७५.५ अंक पाएको छ। गुराँस गाउँपालिकाले स्थानीय तह संस्थागत मूल्यांकनमा ५६ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५१ अंक प्राप्त गरेको जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.