प्रज्ञामा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि नियुक्त

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ।

संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन्।

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन्। उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ। त्यस्तै, सदस्यसचिवमा प्राडा धनप्रसाद सुवेदी नियुक्त भएका छन्।

मन्त्रालयले ललितकला प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छालीलाई नियुक्त गरेको छ। उपकुलपतिमा लालकाजी लामा र सदस्यसचिवमा पाल्साङ्मो लामा नियुक्त भएका छन्।

यस्तै संगीत तथा नाट्य प्रतिष्ठानको  कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएकी छिन्। उपकुलपतिमा गायक शम्भु राई नियुक्त गरिएको छ । कुष्मा महरा सदस्यसचिव बनेकी छिन्।

कुलपतिहरूको सपथ बिहीबार बिहान हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.