|

धनगढी : डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र ०१२३ ००१ च ३३२९ नम्बरको जीप केआईसिंह गाउँपालिका–१ स्थित लोली भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय गोविन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर लक्ष्मीराज जोशीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी अन्य ६ जना यात्रु घाइते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर छ। दुवै जनालाई उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी पठाइएको छ।

सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचारपछि घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.