|

चन्द्रौटा : थाहाखबरकर्मी माधव बेल्वासे सम्मानित भएका छन्। कमन नेपालको १६ औं वार्षिक साधारण सभाको अवसरमा मंगलबार स्व नन्दराम स्मृति पत्रकारिता पुरस्कारबाट बेल्वासेलाई सम्मान गरिएको हो।

संस्थाले वार्षिक रूपमा प्रदान गर्दै आएको पुरस्कारबाट नगद राशिसहित सम्मान गरिएको प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद बेल्वासेले बताए। सम्मान गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले विकास र समृद्धिका लागि कलम चलाउन आग्रह गरे।

प्रदेशले स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउन विभिन्न कामको सुरुवात गरेको मन्त्री पन्थीले बताए। कपिलवस्तु स्वास्थ्यको विकासमा केही पछाडि रहेको भए पनि अब शिवराज अस्पताल र चन्द्रौटामा प्रदेशस्तरीय अस्पताल निर्माणको प्रक्रिया अघि बढेको उनले बताए।

कमन नेपालले प्रदेशकै अब्बल दैनिक पत्रिका सञ्चालन गरेकाले थप सशक्त बनाउनुपर्ने उनको भनाइ थियो। कमन नेपालले सञ्चालन गरेको बुद्ध आवाज पत्रिकाको प्रधान सम्पादक रहेका स्व नन्दराम पौडेलको पत्रकारितामा रहेको योगदानको विषयमा चर्चा गरिएको थियो। पौडेलको २०७७ चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.