|

काठमाडौं : झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो। 

गएराति बा १८ च २२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.