|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको आयोजनामा बिहीबार पहिलो पटक काठमाडौंमा ‘महिला स्वास्थ्य सम्मेलन’भएको छ।

महिला स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा ​वृहृत छलफल गरिने र नीति निर्माणमा सहयोग पुग्ने भन्दै याक एण्ड यती होटलमा आयोजित सम्मेलनमा स्वास्थ्य मन्त्रालयकै कर्मचारीको उपस्थिति न्यून देखिएको छ।

स्वास्थ्यका सरकारी अधिकारी अनुपस्थित भएपछि कार्यक्रममा आएका विभिन्न दातृ निकायका प्रतिनिधि नै अलमलमा परेको कार्यक्रममा देखिएको छ।

विदेशी उपस्थित गराएर पहिलाे महिला स्वास्थ्य सम्मेलनकाे नाम दिइएको कार्यक्रममा आयाेजक स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू नै उपस्थित नभएपछि सरकारी अधिकारीका लागि राखिएका अधिकांश साेफा खाली देखिए।

३ सयभन्दा बढी सहभागी हुने कार्यक्रममा सरकारी अधिकारीको उपस्थिति शून्यजस्तै छ। महिला स्वास्थ्यसम्बन्धी वृहत छलफल गरेर नीति निर्माणमा सहयोग गर्न सम्मेलन गरिएको भए पनि मन्त्रालयका नीति निर्माणमा बस्ने कुनै पनि अधिकारी सहभागी छैनन्।

कार्यक्रममा सरकारी कर्मचारीहरूको सहभागिता न्यून भएपछि सम्मेलनमा राखिएको छलफलका लागि बोलाइएका प्रतिनिधि नै निस्केर हिँड्न थालेपछि आयोजक संस्था परिवार कल्याण महाशाखालाई लाजमर्दो स्थिति आइलागेको छ।

परिवार कल्याण महाशाखाअन्तर्गत परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्याल सम्मेलनमा सहभागी रहेकी छिन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण श्रेष्ठ मात्र सहभागी रहेका छन्।​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.