|

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको बताएका छन्।

(एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहीबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पीपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्।

एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका नेता रिजालले अहिलेको सरकारले मलमा अनुदान कटौती, मुस्ताङमा बौद्ध विश्वविद्यालय, भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्नु नपर्ने लगायतका निर्णय जनताको हितविपरीत रहेको बताए।

उनले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउन खोजेको बताए। ‘मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने र कृषि मलमा अनुदान घटाउने जस्ता जनविरोधी निर्णय हाम्रै दबाबका कारण रोकिएका छन्’, नेता रिजालले भने।

केन्द्रीय सदस्य रिजालले अहिलेको सरकारलाई अझै जनदबाव आवश्यक रहेको बताएका छन्। उनले एमालेले सशक्त प्रतिपक्षका रूपमा पार्टीलाई अघि बढाउन गाउँबस्तीबाट जुट्नुपर्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.