|

काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनमुलक उद्योगहरुलाई पुँजी बजारमा ल्याउनुपर्ने बताएका छन्। अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित कार्कीले पुँजीबजारको विस्तार जरूरी रहेको बताएका हुन्। 

'२०४६ पछि नेपाली कांग्रेस नेतृत्वको सरकारले अबलम्वन गरेको नीति अनुरुप खोलिएको धितोपत्र बोर्डको रजत जयन्ती कार्यक्रम उद्घाटन गर्न पाएकोमा धेरै खुशी छुु' बिहीबार धितोपत्र बोर्डको रजत जयन्ती कार्यक्रममा उनले भने 'उत्पादनमुलक कम्पनीले समेत पुँजी सेयर निश्कासन गर्न सके पुँजी बजारको विस्तारका साथै संस्थालाई समेत अनुशासन कायम गर्न सहज हुनेछ।'

उनले आस्वा प्रणाली कार्यान्वनसंगै पुँजीबजारलाई बजारलाई देशव्यापी बनाउन सहयोग पुग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.