|

चन्द्रौटा : कपिलवस्तुको बहादुरगञ्जमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले ८ महिनामा  १८ हजारभन्दा बढीको निःशुल्क आँखा जाँच गरेको छ।

आँखा अस्पतालले चालू आबको फागुनसम्म १८ हजार ६१६ जनाको निःशुल्क आँखा जाँच र २ हजार ४२९ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरेको छ।

नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको नियमित कर्मचारी बैठकबाट यो तथ्याङ्क बाहिर ल्याएको हो।

बैठकमा अस्पतालको चालू आब ०७९/८० को लक्ष्य तथा प्रगतिको बारेमा छलफल गरिएको थियो। अस्पतालले ओपिडीतर्फ ७२ हजार ३६६ लक्ष्य राखिएकोमा चालू आबको फागुनसम्म ५३ हजार ५६० अर्थात् ७४ प्रतिशत लक्ष्य हासिल गरिएको र सोही अवधिमा मोतिबिन्दु शल्यक्रियातर्फ ८ हजार ९४५ लक्ष्य राखिएकोमा ७ हजार ६ जना अर्थात् ७८ प्रतिशत प्रगति हासिल गरेको ओपिडी इन्चार्ज उपेन्द्र चन्दले जानकारी दिए।

फागुनसम्म १२ सर्जिकल शिविर र १४ वटा पिक अफ स्क्रीनिङ गरिएको बताइएको छ। बैठकमा छन्द नारायणी आँखा अस्पतालद्वारा सञ्चालित कृष्णनगर रिफरल सेन्टरको लक्ष्य तथा प्रगतिबारे पनि छलफल गरिएको थियो।

जसअनुसार ओपिडीतर्फ ७० प्रतिशत, चस्मा जाँचतर्फ ६४ प्रतिशत, शर्मरतर्फ १८५ प्रतिशत र माइनर सर्जरीतर्फ १२० प्रतिशत लक्ष्य हासिल गरिएको सेन्टर इन्चार्ज रजनिश श्रीवास्तवले जानकारी दिए। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.