|

डडेल्धुरा : डडेल्धुरामा लागुऔषध चरेस बिक्री वितरण गर्ने एकजना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ खनमडाका ६० वर्षीय करनराज पाण्डेय पक्राउ परेका हुन्।

आफ्नो खुद्रा लागुऔषध चरेसको कारोबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेको छ। घरमा लुकाइ–छिपाई राखेको अवस्थामा ७ सय ग्राम लागुऔषध चरेसजस्तो देखिने पदार्थ बरामद गरिएको डीएसपी भट्टले बताए।

उनका अनुसार पाण्डेयलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान भइरहेको छ। लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम ५ सय ग्रामदेखि २ किलोग्रामसम्म भएमा ६ महिनादेखि २ वर्षसम्म कैद र दुई हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको डीएसपी भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.