|

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान ४: २० मा मृत्यु भएको हो।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए।

कार करिब ५०० मिटर तल खसेको थियो। मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। कारमा पाँचजना सवार थिए। अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.