|

कपिलवस्तु : जिल्लाको विजयनगर गाउँपालिकाको एक बस्तीमा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो ३ घन्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए।

फुसको ९ ओटा घर पूर्ण, १७ ओटा आंशिक गरी २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।  आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

आगलागीमा परी  एउटा पाडो जलेर मरेको उनले बताए। मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए।

कुसुम पासिको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन्। आगलागीका कारण १ करोडभन्दा बढीको क्षति भएको वडा अध्यक्ष मुसलमानले बताए।

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो।

आगलागी स्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी यादव पुगेका छन्। अग्निपीडितको लागि राहत व्यवस्थापन गर्ने यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.