|

धनगढी : दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक युवा बेपत्ता भएका छन्। शनिबार साढे १ बजेकाे समयमा तुइनबाट खसेर व्यास गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले आज दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको खबर आएको बताए। उनका अनुसार बेपत्ता भण्डारीको खोजीमा अहिले ५ जना प्रहरीको टोली खटिएको छ। 

भण्डारी नेपालबाट भारत जाने वेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ। बेपत्ता भण्डारीको खोजीमा स्थानीयवासी पनि जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.