|

दैलेख : जिल्लाको नौमूले गाउँपालिका–५ की एकजना सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। 

नौमूले–५ की ३५ वर्षीया खगिसरा सलामी मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरले सोमबार उद्धार गरेको हो । 

अपरेसन गरेर शिशु निकालिसकेपछि अत्यधिक रक्तस्राव भएकाले सुत्केरीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेशप्रसाद कोइरालाले बताए।

स्वास्थ्य सेवा कार्यालय दैलेखमा सोमबार दिउँसो अपरेसन गरी बच्चा निकालिएको भए पनि रक्तस्राव नरोकिँदा थप उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा धर्मराज रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.