|

संखुवासभा : जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएको छ। कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो।

नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्य आयात हुन नसक्दा भोटखोलामा खाद्यान्य अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।

भोटखोलामा आलु,कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। ती उत्पादित खाद्यान्नले  अधिकांश स्थानीयलाई तीन महिना मात्र खान पुग्ने गरेको छ।

सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ। किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगादेन्दाङसम्म जाने गरेका थिए। त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का परेका छन्।

करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन। किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगादेन्दाङ हो।

९१ घरपरिवारलाई राहत वितरण

खाद्यान्य अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का  ९१ परिवारलाई राहत वितरण गाउँपालिका अध्यक्ष भोटेले बताए।

खाद्यान्य अभाव भएका थुदाम, रिदाकछुमुसुर ९१ घरपरिवारलाई राहत वितरण गरेको उनको भनाइ छ। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो।

त्यस्तै, हाइ हिमाल्यन एक्स्पिडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले नगद १ लाख २० हजार रुपैयाँ,  द इस्ट फाउडेसन सस्थाबाट नगद २० हजार रुपैयाँनेल्होस नेपाल संस्थाबाट नगद ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले जानकारी दिए।

उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्य संकटलाई व्यवस्थापन गर्न थप राहत लागि जिल्ला  विपत व्‍यवस्थापन समितिको सिफारिस सहित ५ सय क्विन्टल चामल कोशी प्रदेश सरकारलाई भोटखोला गाउँपालिकाले माग गरेको अध्यक्ष भोटेले बताए।

सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पुर्‍याइने खाद्यन्य सामग्रीसमेत अचाक्ली महँगो भएको अध्यक्ष भोटेले बताए।  

नाका बन्दले चिनियाँ बजारबाट आयात हुन नसक्दा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न अभाव देखिएको गाउँपालिका अध्यक्ष भोटेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.