काठमाडौं : आँखा रातो हुने, ज्वरो आउने र टाउको दुख्ने समस्याका कारण उपचारका लागि तीन दिनअघि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना भएकी बारा गढीमाई नगरपालिका वडा नम्बर १६ की ३५ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।
मुसाबाट सर्नो यो रोग मुसालाई टोक्ने थारकिर्नाजस्ता किराको टोकाइका कारण मानिसमा सर्ने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। यही साता टेकु अस्पतालमा भर्ना भएका एकजना बिरामीमा उक्त रोग पत्ता लागेको हो। टाइफाइडजस्तै संकेत देखिने स्क्रब टाइफस सामान्य रोग हो।
सरकारले नि:शुल्क उपलब्ध गराउँदै आएको ७० वटा औषधिमध्ये एन्टिबायोटिक डक्सी साइटिन क्याप्सुल ३ दिन प्रयोग गर्दा ज्यरो घटेमा गत कल्चर भएर आउन्जेलमा बिरामी निको भइसक्छ। स्क्रबको औषधि नै डक्सी साइटिन हो।
रोगको प्रकोप बढेको क्षेत्रमा स्वास्थ्यकर्मीले ध्यान दिएर स्वास्थ्यचौकीबाटै पनि यो औषधि चलाउँदै कल्चर गर्न सकिन्छ। रोग सामान्य भए पनि समयमै पहिचान नहुँदा विगतमा जटिल बनेको डा. पुन बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।