|

काठमाडौँ : टियु मैदानमा जारी नेपाल र युएईबीचको एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिँदै र चल्दै गरेको छ। वर्षा हुनासाथ खेल रोकिने र वर्षा रोकिनासाथ खेल पुन: चल्ने भइरहेको छ। अहिले पछिल्लो पटक पुन: वर्षाका कारण खेल रोकिएको छ। खेल रोकिएता पनि दर्शकहरू भने वर्षा रोकिएपछि पुन: खेल सुरु हुने आशामा छाता ओढेर खेलमैदान आसापासकै क्षेत्रमा ठूलो संख्यामा जम्मा भएर बसेका छन्।

खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ। नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन्। गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.