|

काठमाडौं : सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

सिन्धुपाल्चोकको गणेशे बगरबाट गएराति हेलम्बु गाउँपालिका–२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० बर्षीया पेमा तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए। 

घाइते चार जनामध्ये गम्भीर घाइते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र २ जना सामान्य घाइते रहेको उनको भनाइ छ। 

ब्रेक फेल भई दुर्घटना प्रहरीको भनाइ छ। चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.