|

चन्द्रौटा : कपिलवस्तुबाट लागुऔषधसहित २ जना महिला पक्राउ परेका छन्। मङ्गलबार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगीता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.