|

काठमाडौं  : इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स रोयल च्यालेन्र्ज बैंगलोरलाई पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

गएराति मुम्बईको घरेलु मैदान बानखडे स्टेडियममा बेंग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बई १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको हो। बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ। 

बेंग्लोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६ दबमलव ३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। मुम्बईका लागि सूर्यकुमार यादवले ८३ रन र नेहाल वाधेराले नटआउट ५२ रन जोडे।

बलिङमा बेंग्लोरका वानिन्दु हर्षरंगा र विजयकुमार वैशकवले २-२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १९९ रन जोड्यो। उसका लागि कप्तान फाप डु प्लेसिसले ६५ रन र ग्लेन म्याक्सवेलले ६८ रन जोडे। दिनेश कार्तिककले ३० रन बनाए। 

मुम्बईका जेसन बेन्ड्रफले तीन विकेट लिए 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.