|

काठमाडौं :  कवि देवव्रतको कविता कृति ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कृति सार्वजनिक भएको छ। शनिबार काठमाडौंको  सर्वनाम थिएटरमा एक कार्यक्रमबीच उक्त  कृति सार्वजनिक भएको हो।

कृतिका बारेमा कवि तथा गीतकार श्रवण मुकारुङ, कविहरू दीपक सापकोटा र वन्दना ढकालले कवितामाथि समीक्षा गरेका थिए।

कोठा, के छ?, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छ लगायतका विभिन्न ३८ वटा कविताहरूलाई कृतिमा समावेश गरिएको छ।

सरल भाषा अपनाएर समाजका विकृति र विसंगतिका बारेमा असन्तुष्टि व्यक्त गर्न रुचाउने कवि देवव्रतको यो पहिलो कविता संग्रह हो। कृतिलाई इण्डिगो इन्कले प्रकाशनमा ल्याएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.