|
फाइल तस्वीर

सोलुखुम्बु : विश्वकीर्तिमानधारी पर्वतारोही कामिरिता शेर्पाले २८ औँ पटक सगरमाथा आरोहण गर्ने भएका छन्। 

२७ औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका शेर्पाले मंगलबार २८ औँ पटक सगरमाथा आरोहणको तयारी गरेका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक के-टु गरी ३९ पटक विश्वका अग्ला हिमाल आरोहण गरिसकेका छन्। 

यसअघि उनले ३ सिजनमा २/२ पटक सगरमाथा आरोहण गरिसकेका छन्। शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथाको आरोहण गरका थिए। 

साथै सन् २०१९ मा ६ दिनमा २ पटक, सन् २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न नेतृत्वसमेत गरेका थिए।

यस सिजनमा उनले सेभेन समिट ट्रेक्स र फोर्टिन पिक्स एक्स्पिडिशनको टिमलाई नेतृत्व गर्दै जेठ ३ गते बुधबार बिहान ८ गते २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए। 

अब कामीरिताले २८ औँ पटकको आरोहणका लागि तयारी थालेको र मौसमले साथ दिएमा भोलि मङ्गलबार नै आरोहण थाल्ने पर्यटन विभागका सम्पर्क अधिकृत खिमलाल गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.