|

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सोमबार पनि विभिन्न मन्त्रालयगत बजेट शीर्षकमा छलफल हुने भएको छ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको हो। सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। ती मन्त्रालयगत बजेटका शीर्षकमाथि सांसद सुमना श्रेष्ठ, दामोदर पौडेल (बैरागी), दीपा शर्मा, गोकर्ण विष्ट, प्रेम सुवाल र प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

विनियोजन विधेयक २०८०’ को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल सकिएको छ। आइतबारसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल हिजोका लागि तोकिए पनि प्रदेशको नामको सट्टा अंक उल्लेख भएपछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.