|

काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.