|

दैलेख : खोलाले बगाउँदा ठाटीकाँध गाउँपालिका–४ माझचौरकी एक किशोरीको मृत्यु भएको छ।

आज बिहान घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर गाउँपालिका–४ बस्ने लोकबहादुर कठायतकी छोरी १७ वर्षीया उर्मिलाको मृत्यु भएको हो ।  

दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उर्मिलाको मृत्यु भएको जानकारी पछि प्रहरी घटनास्थलतर्फ जाँदैछ। 

यसैगरी चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका–५ मा दुई जना घाइते भएका छन् । स्थानीय रुद्र बहादुर गिरिको घरमा परेको चट्याङ लागेर उनकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरि र छोरी १६ वर्षीया माया गिरि घाइते भएका हुन् । 

चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.