|

काठमाडौं : सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गतघातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत तीन लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो। सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेट लाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे।

अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा यो योजना अन्तर्गत बचत खाता खोलेकी थिइन्। 

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा,  १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहित५० हजारसम्मको औषधी उपचार बीमा,५० हजारको आवधिक जीवन बीमा र पाँच हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.