|

गोरखा : बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीमा भिरबाट लडेर वृद्धको मृत्यु भएको छ। ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको हो।

घरबाट आइतबार जंगलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जंगलमा सोमबार मृतावस्थामा फेला परेका थिए। 

‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जंगलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  

मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। 

 घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको लामिछानेले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.