|

काठमाडौं : क्रसर तथा खानी व्यवसायीले शनिबारदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन्। 

सरकारले ‘अवैध’का नाममा क्रसर बन्द गराएको भन्दै त्यसको विरोधमा व्यवसायीले क्रसर बन्द गर्ने निर्णय गरेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए। 

खानी दर्ता तथा नवीकरणमा सरकारले व्यवसायीलाई मर्कामा पारेको व्यवसायीको गुनासो छ। सरकारले गत माघमा देशभर अवैधरूपमा सञ्चालित खानी बन्द गराउने निर्णय गरेको थियो। 

तर व्यवसायीले कुनै पनि खानी अवैधपमा सञ्चालन नभएको दाबी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.