|

काठमाडौं : कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ।

एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले खापुङले गत आइतबार पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका थिए।  

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए। केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन्। तर अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन । 

कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन। बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्। त्यसैले कांग्रेस–माओवादीसहित गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा  दिए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन्। उनीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट  गरेका छन् तर कुनै निष्कर्ष निस्किएको छैन।

कांग्रेसलाई राप्रपाले साथ नदिने भएपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने सम्भावनाको चर्चा चलिरहेको छ। कांग्रेस र एमाले मिलेर सरकार बन्नसक्ने पनि चर्चा भइरहेको छ।

कोशीमा एमाले–राप्रपासँग पनि ४६ सांसद छन्। एमालेसँग मात्रै ४० सांसद छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.