|

काठमाडौं : प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ। बिहीबारको बैठकको सुरुमै बोल्दै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

असार १८ गते प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको बताएका थिए। प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरोध गरेको थियो।

प्रधानमन्त्रीले भनेजस्तै भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य नहुने एमालेको भनाइ छ।

यस्तै, आजै  बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.