|

दैलेख : भैँसीको शरीरले च्यापिएर नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ। घरबाट बारीमा लैजाने क्रममा  भैँसीले च्याप्दा कटुवाल घाइते भएका थिए। 

 घाइते भएका वडा सचिव कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए। 

यसैगरी, दैलेखको महावु गाउँपालिका–२ मा विषालु च्याउ खादा ४ जना बिरामी परेका छन्। विषालु च्याउ खादा महावु–२ डुङ्ग्री बस्ने मान बहादुर कामिका छोरा १८ वर्षीय गणेश कामी, १३ वर्षीय धर्मराज कामी, ९ वर्षीय तिलक कामी र १५ वर्षीय छोरी भगवती कामी बिरामी परेका प्रहरीले जनाएको छ।

दैलेख प्रहरीका अनुसार विषालु च्याउ खादा बिरामी परेका ४ जना मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ। ४ जना मध्ये गणेश कामी, धर्म कामी तिलक कामीको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रमुख किशोर लम्सालले बताए।

विषालु च्याउ खादा बिरामी परेकी १५ वर्षीय भगवती कामीको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार सम्भव नभए पछि थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। चामुण्डा–५ जम्बुकाँधदेखि रामघाटतर्फ जाँदै गरेको भे १ त १३३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक दैलेखको नौमूले गाउँपालिका–३ का २२ वर्षीय कमल पुरी गम्भीर घाइते भएका हुन्।

घाइते भएका सहचालक पुरीको दुवै खुट्टामा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका दैलेख प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखतर्फ ल्याउँदै गरेको प्रहरीको भनाई छ।

ट्याक्टर चालक सुर्खेतको लेखबेसी नगरपालिका–९ का अन्दाजी ३० वर्षीय प्रेम राना फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा ट्याक्टर सडकबाट अन्दाजी ३ सय ५० मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.