|
प्रतीकात्मक तस्विर

हुम्ला : सदरमुकाम सिमकोटमा सवारीसाधन सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर ल्याउने चलन बढेको छ। यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालगञ्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यसयताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ। 

सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ तिर्नुपर्छ। 

मोटरसाइकल चालक नन्द सिंहले शुरुमा ४० हजार रुपैयाँबाट मोलमोलाइ सुरु भए पनि पछि ३० हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको जनाए। यो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ। 

शुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ। छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.