|

काठमाडौं : चितवनमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । 

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान सवा ५ बजे नारायणगढ मुग्लिन सडक  खण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भएको हो। 

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो। बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार ४० यात्रुमध्ये २१ जना सकुशल छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.