|

काठमाडौं : श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ए विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। 

कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ।

पाकिस्तानको ए टोली रहेता पनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन्। पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ। 

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन्। 

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो। टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो। 

जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.