|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन्।

शुक्रबार बिहान राष्ट्रपति कार्यालयका पदाधिकारीले राष्ट्रपति पौडेलको सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन्। राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले समवेदना सन्देश प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन्।  

राष्ट्रपति पौडेलले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै पीडित परिवारका सदस्यप्रति समवेदना प्रकट गरेका छन्। सन्देशमा उनले सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। 

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्। 

प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग सीताको सम्बन्ध दाजु–बहिनीको भएकाले पनि राष्ट्रपति भावविह्वल भएको उल्लेख गरे। 

राष्ट्रपति पौडेलले यसअघि सीताको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.