|

काठमाडौं : कवि दुताराज राई  र तुलाचन राई ‘लिब्जु भुम्जु पुरस्कार’बाट पुरस्कृत भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरिएको हो।

२०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि दुताराजले ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कविताबाट पुरस्कार प्राप्त गरे भने २०७९ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तुलाचनले ‘आ मामा’ (मेरी आमा) शीर्षक कविताबाट पुरस्कार प्राप्त गरेका छन्। 

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रगानका रचयिता व्याकुल माइला, पुरस्कारका संस्थापक पुष्पहरि क्याम्पा राई, वाम्बुले राई समाज नेपाल (वाम्रास)का अध्यक्ष गजुरधन राईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए। 

पुरस्कार राशी ५ हजार नगद र प्रमाणपत्र रहेको छ। कार्यक्रममा प्रमुख अतिथि एंव किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष जीवन हाताचोले कविताको माध्यमबाट आफ्नो मातृभाषा,ऐतिहासिक सस्कृतिको संरक्षण हुने  बताए।

उनले भने, ‘कविताको माध्यमले पनि हाम्रो धर्म,सस्कृतिको जोगाइ राख्न महत्त्वपूर्ण योगदान पुगेको छ।’

राष्ट्रगानका रचयिता व्याकुल माइलाले वाम्बुले राई भाषामा यस्तै गरि कविता लेखेर आदिकवि बन्नुपर्नेमा जोड दिए। उनले सबै युवाहरूलाई पनि कविता लेख्न सुझाव दिए।

वाम्बुले राई समाज नेपाल (वाम्रास)का अध्यक्ष गजुरधन राईले वाम्बुले राईहरुको कला,सस्कृती बचाउन वाम्रास लागि परेको जानकारी दिए। उनका अनुसार वाम्बुले समुदायको महान चाड ढ्वाङ्कुमो, वाम्बुले बाँसुरी दिवस, वाम्बुले कवि गोष्ठीलाई पनि आगामी दिनमा निरन्तता दिँदै जाने छ। 

लिब्जु भुम्जु त्रैमासिक पत्रिकाका सम्पादक गणेश राईले वाम्बुले राई समाज नेपाल (वाम्ब्रास)ले आयोजना गर्ने कविता प्रतियोगितामा पुरस्कार प्रदान गरिने परम्परा रहेको तर गत वर्ष केही कारणले आयोजना हुन नसकेकाले अहिले दुई जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिए। 

उनका अनुसार उक्त पुरस्कार २०५५ स्थापना भएको र यो पुरस्कारबाट हालसम्म २२ जना कविहरू पुरस्कृत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.