|

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्याण्ड जाँदै छन्।

मन्त्री साउद दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट सोमबार (जुलाई १७) बैंककमा हुँदैछ। बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । थाइल्याण्ड अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो । 

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन्। रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुने बताइएको छ।

परराष्ट्रमन्त्री साउद मंगलबार दिउँसो स्वदेश फर्किने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.