|

काठमाडौं : महालक्ष्मी बैंकले महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा.डा.गोविन्दराज भट्टराईलाई सम्मान गरेको छ । मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गरिँदै आएको ५० हजार रुपैयाँ राशिको पुरस्कार यो वर्ष भट्टराईलाई प्रदान गरिएको हो।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) भट्टराईलाई हस्तान्तरण गरे।
साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ। 

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ। विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकि आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.