|

चितवन : गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार  राजस्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

 कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार १९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार ९६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी बताए। 

गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएका थिए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.