|

सर्लाही : सर्लाही र रौतहट सीमा भएर बग्ने बागमती नदीमा जलसतहले खतराको सीमा नाघेको छ। बाढी निकै बढेपछि बागमती सिँचाइअन्तर्गत रहेको ब्यारेजका ३५ वटै ढोका खोलिएको छ।

आज बिहान ८ बजे नाप्दा बागमती नदीमा पानीको सतह ९ मिटर पुगेको पँधेरा दोभान जलसतह मापनकेन्द्रका लिलाम्बर खनालले जानकारी दिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बागमती नदीको सिँचाइ ब्यारेजभन्दा उत्तर पानीको सतह सा्ढे ६ मिटर बढी गहिराइ भएपछि खतरा मानिन्छ। पानी निरन्तर परिरहेकाले बाढी बढेर जलसतह बढ्दै गएको बताएको छ।

प्रमुख जिल्ला अधिकारी यादवले निरन्तर वर्षा भइरहेकाले तटीय क्षेत्र बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।

बागमती नदीमा आएको बाढीका कारण बरहथवा नगरपालिका वडा नम्बर १ र ४ अन्तर्गत खर्सालघाट, मलाह टोल, छसय बिगाह र बागमती बजारटोलको जमिन कटान गरेको छ भने सयौं बिगाहको मकै, धान र तरकारी बाली नष्ट भएको स्थानीय महेश बरालले जानकारी दिए।

उनका अनुसार बरहथवा हजरियाबाट रौतहटको समनपुर जाने बाटो समेत अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.