|

गुल्मी : गुल्मीमा साउन ९ गतेदेखि हराएका एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव खोलाबाट निकाली गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

शव पूरै सडेको अवस्थामा भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाण्डेले बताए। शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.