|

पाल्पा : अविरल वर्षासँगै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित दोभानको बिसमाइलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

पहिरो  राति करिब १२ बजे खसेको हो। ठूलो रुखसहित पहिरो खसेका कारण अहिले राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। पहिरो पन्छाउने प्रयास भइरहे पनि राजमार्ग खुलाउन करिब २/३ घण्टा लाग्ने उनले बताए। अहिले भने पानी पर्न रोकिएको छ। 

राजमार्ग अवरुद्ध भएपछि रातिदेखि सयौँको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन्। यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.