|

गोरखा : अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडक अवरुद्ध भएको छ। 

सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको हो। गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसारपहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेको उनले बताए। पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन्। 

सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौं ओहोरदोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारीसाधन पनि पूर्णरूपमा रोकिएको छ। अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

‘ठूलाठूला ढुङ्गा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ’, उनले भने, ‘लगातार वर्ष भइरहेकाले पहिरो हटाउनसमस्या भइरहेको छ।’  पहिरोका कारण  फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका शहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.