|

काठमाडौं : झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडक खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारीसाधनले ठक्कर दिँदा मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवार कमल–४ का ६८ वर्षीय शान्तिराम खनालको ज्यान गएको हो ।

साँझ ७ बजे अत्यधिक गतिमा आएको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा खनाल गम्भीर घाइते भएका थिए। उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामा जानकारी दिए।

ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.