|

काठमाडौं : गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश प्रदेश र  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली छ। 

 मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर  र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर छ। भारतको ओडिसा र आसपासमा न्यून चापीय क्षेत्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.