|

काठमाडौं :  गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। ​घिमिरे बिहान साढे ७ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए। प्रहरीका अनुसार घिमिरे शुक्रबार बेलुकीदेखि सम्पर्कविहीन थिए।

वडाअध्यक्ष घिमिरेले बिहान फेसबुक स्टाटसमा सबैसँग माफी माग्दै अलबिदा लेखेका थिए। उनको फेसबुक स्टाटस हेर्दा घिमिरेले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ। घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन्।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सापकोटासहितको टोली खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.